Friday, January 3, 2025

ट्रेन्डिङ :

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने

spot_img
spot_img
spot_img

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी रहनेछ ।

हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फवाट बहस आजपनि जारी रहने भएको हो ।

गत बुधवारसम्म सो मुद्दामा प्रतिबादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो ।

हिजो जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

त्यसो त बुधवारसम्म सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि हिजोबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी ब्यवस्था मिलाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?