बंगलादेश र पाकिस्तानबीचको सम्बन्धको बदलिँदो तस्विर देखिन सुरू गरेको छ ।
शेख हसिनाको शाषन पतन भएको केही समय पछि यो समाचार बाहिरिएको छ कि १३ वर्ष पछि पाकिस्तानका विदेशमन्त्री बंगलादेश भ्रमणमा जान तयारीमा जुटेका छन ।
बंगलादेशमा लामो समयसम्म शेख हसिनाको शासन थियो, शेख हसिनाले पाकिस्तानबाट सन् १९७१ को स्वतन्त्रताका बेला भएका अत्याचारका लागि सार्वजनिक माफी माग्न बारम्बार आह्वान गरेकी थिइन तर पाकिस्तानले यो माग कहिल्यै पूरा गरिदिएन् ।
बरु उनको शाषन पतन भए दुइ देशका बिचमा राजनीतिक तस्विर क्रमशः फेरिन थालेको छ, सोही क्रममा पाकिस्तानका बिदेश मन्त्री बंगलादेश जान लागेका हुन् ।
पाकिस्तान र बंगलादेशले एकअर्कातर्फ मित्रताको हात बढाइरहेका छन् । पाकिस्तानका विदेशमन्त्री इशाक दारले बंगलादेश पाकिस्तानको भाइ भएको र अर्को महिनाको उनले ढाका भ्रमण ‘महत्वपूर्ण’ हुने बताएका छन् । यसअघि सन् २०१२ मा पाकिस्तानका विदेशमन्त्रीले बंगलादेशको भ्रमण गरेका थिए ।
पाकिस्तानका विदेशमन्त्री इशाक दार अर्को महिना बंगलादेशको भ्रमणमा जाने भए पछि छलफलको अजेन्डा तय गर्ने काम भइरहेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले डी–८ शिखर सम्मेलनमा पाकिस्तानका विदेशमन्त्रीलाई पाकिस्तान भ्रमणको निम्तो दिएका थिए । जसका कारण उनी १३ वर्षपछि देश भ्रमणमा जान लागेका हुन् ।
बंगलादेश भ्रमणको सन्दर्भमा इशाक डारले यस भ्रमणमा खेलकुद र दुवै देशको अर्थतन्त्रमा सहकार्यका लागि काम गर्ने बताइसकेका छन । यी मुद्दाहरूमा चीजहरू द्रुत रूपमा अगाडि बढिरहेका छन्।
डिसेम्बर १९ मा इजिप्टमा आयोजित डी ८ सम्मेलनको छेउमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसबीच भेटवार्ता भएको थियो। यस क्रममा दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन सहमत जनाएका थिए । उनीहरुको भेटले नयाँ कूटनीतिक छलफललाई पनि जन्म दिएको छ, जसको परिणाम बंगलादेशमा पाकिस्तानी बिदेश मन्त्रीको भ्रमण उदाहरणको रूपमा हेर्न सकिन्छ ।
शिखर सम्मेलनताका युनुसले पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफलाई बंगलादेशलाई पाकिस्तानसँगको सम्बन्धलाई अगाडि बढाउन मद्दत गर्न १९७१ को समस्या समाधान गर्न आग्रह गरेका थिए। युनूसले पाकिस्तानी प्रधानमन्त्रीलाई भनेका थिए, ‘बारम्बार मुद्दाहरू आइरहेका छन्, ती मुद्दाहरूलाई समाधान गरेर अगाडि बढौं,’ युनुसको प्रस्ताव थियो ।
सन् १९७४ मा बंगलादेश, पाकिस्तान र भारतबीच भएको त्रिपक्षीय सम्झौताबाट कुराहरू समाधान भएको तर अन्य विचाराधीन मुद्दाहरू छन् भने त्यस बिषय समाधान भएमा आफू खुसी हुने कुरा शाहबाज शरीफले जवाफमा भनेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन । एकातिर पाकिस्तानका विदेश मन्त्री १३ वर्षपछि बंगलादेश भ्रमणमा जान लागेका छन् भने दुवै देशका शीर्ष नेताबीच द्विपक्षीय वार्ता र सम्बन्धबारे छलफल भइरहेको छ ।
उता, पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारको पालामा यी सम्बन्धहरू त्यस्तो थिएनन्। शेख हसिनाले सन् २००८ देखि अगस्ट २०२४ सम्म प्रधानमन्त्रीको पद सम्हालेकी थिइन । शेख हसिनाको शासनकालमा पाकिस्तान र बंगलादेशबीचको सम्बन्धमा तनावग्रस्त थियो तर गत अगस्टमा देशमा भएको कू पछि राजनीतिक तस्विर फेरिएको छ । अहिले पाकिस्तान र बंगलादेश बिचकोसम्बन्धलाई फेरि सुमधुर बनाउने प्रयास दुवै देशबाट भइरहेको देखिन्छ ।