Tuesday, January 7, 2025

ट्रेन्डिङ :

अमेरिकी डलर स्थिर, यूरोको भाउ बढ्यो

spot_img
spot_img
spot_img

काठमाडौं, पौष २२ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार पनि सोहीमूल्यमा यसको कारोबार भएको थियो ।

सोमबार युरोपियन युरोको भाउ १५ पैसाबढेको छ । आज यूरो एकको खरिददर १४१ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा तोकिएको छ । आइतबार युरोको खरिददर १४१ रुपैयाँ ०२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा भएको छ ।
यसैगरी बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९५ रुपैयाँ २० पैसा रहेको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?