Wednesday, January 8, 2025

ट्रेन्डिङ :

चिनियाँ विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, दैनिक बिफ्र गर्ने एक मात्र निकाय

spot_img
spot_img
spot_img

बेइजिङ, २३ पुस । उत्तरी छिमेकी चीनले विदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ ।

विश्व राजनीति, अर्थ ब्यापार र सैन्य शक्तिको हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनले विदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेका हुन ।

चिनियाँ समाचार संस्था चाइना डेलीका अनुसार  ३५ औं विदेश मन्त्रालयका प्रवक्ताको रूपमा गुओ जियाकुनले पदभार ग्रहण गरेका छन । सो पत्रिकाका अनुसार ४४ वर्षीय गुओ २३ वर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत छन् र उनी कूटनीति र सञ्चार दुवै क्षेत्रमा अनुभवी मानिन्छन्।

‘म चीनको विदेश नीति र चिनियाँ आधुनिकीकरणको अभ्यासलाई समयमै र सही रूपमा व्याख्या गर्न सक्दो प्रयास गर्नेछु,’ गुओले पदभार ग्रहण गरे पछि पत्रकारहरूसँग भने । पत्रकारहरूसँग मिलेर चीनको सही, बहुआयामिक र मनोरम छवि विश्वसामु प्रस्तुत गर्न लागि पर्ने प्रतिबद्दता पनि जनाएका छन् ।

विश्व भन्दा बाहिर रहेको र बन्द समाजिक परिपाटी बसालेको चीनले  १९८३ पछि मात्रै बिदेश मन्त्रालयमा प्रवक्ता प्रणाली लागू गरेको थियो, यस्तो अभ्यास सुरु गर्ने चीनको पहिलो सरकारी विभागसमेत हो । र, अहिले यो एक मात्र सरकारी विभाग हो, जसले प्रत्येक दिनमा नियमित चीनको धारणा विश्व सामु  ब्रिफिंग गर्दै आएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?