पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ ।
सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो ।
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन ।
आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
अर्को कुरो वर्तमान सरकारले आफू निकटका सोही आरोपमा आरोपितहरुलाई सामान्य धरौटीमा छोड्ने गरेको छ भने रवि र रविसङ्ग सम्बन्धितहरुलाई मानव अधिकारको हनन गर्दै महिनौंदेखि हिरासत मै राखेको छ । आमनागरिकले जसलाई राजनीतिक प्रतिसोधको रुपमा लिएका छन् । जसका कारण सत्तारुढ घटकहरुको अत्यधिक जनमत घटेको आंकलन गरिन्छ ।