Friday, February 21, 2025

ट्रेन्डिङ :

पूर्वराजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने

spot_img
spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् ।

बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?