Sunday, September 8, 2024

ट्रेन्डिङ :

आ–आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ दशैं मनाउन प्रधानन्यायाधीशको आग्रह

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ–आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ दसैंलगायतका चाडपर्व मनाउन उनले सबैमा आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन् ।

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट संक्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?