Monday, April 21, 2025

ट्रेन्डिङ :

फागुन ६ र ७ गते एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक

spot_img
spot_img

काठमाडौं । एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । फागुन ६ र ७ गते बस्ने स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।

केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय संगठनका कार्य प्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिने नेताहरुले बताएका छन् ।

बैठकले पार्टीको तल्लो तहदेखि संगठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्ने भएको छ । लामो समयको रस्साकस्सीपछि एकीकृत समाजवादीले हालै नेताहरूलाई भूगोलको जिम्मेवारी दिएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?