Sunday, April 13, 2025

ट्रेन्डिङ :

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

spot_img
spot_img

काठमाडौँ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो ।

इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो । तर हमासले अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गरेर अवस्थित सम्झौताको दोस्रो चरण लागू गर्नु भएको अडान लिएपछि इजरायलले यस्तो कदम चालेको हो ।

जनवरी १९ मा लागू भएको इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?