Sunday, March 16, 2025

ट्रेन्डिङ :

नेप्से परिसूचक २९ सय नाघ्यो, तीन घन्टामै ६ अर्बको कारोबार

spot_img
spot_img

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ ।

यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो । मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ ।

कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?