Monday, January 13, 2025

ट्रेन्डिङ :

नेपालमा उपचार हुन् नसकेपछि कोरोना संक्रमित झापा मेचीनगरका प्रमुख आचार्यलाई सिलिगुडी लगियो

spot_img
spot_img
spot_img

झापा– फोक्सोमा समस्या देखिएपछि झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई मंगलबार साँझ थप उपचारका लागि भारतको सिलिगुडी लगिएको छ। गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका आचार्यलाई थप उपचारका लागि भारतको सिलिगुढी लगिएको हो। संक्रमण पुष्टि भएको सुरुवाती केही दिन प्रमुख आचार्य घरमै आइसोलेसनमा बसेका थिए। तर स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई विराटनगरको नोबेल हस्पिटलमा भर्ना गरिएको थियो।

त्यसयता उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। अस्पताल बसाईमा आचार्यले सहज महशुस गर्न समेत सकिरहेका थिएनन्। आचार्यका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चिकित्सकले समयमा नहेरिदिने भएकाले पनि प्रमुख आचार्यको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

उनले भने, ‘भोलि गएर अन्य जटिल केही आउला कि भनेर भारतका अन्य शहरका ठूला अस्पतालमा उपचार गराउन सहज होस् भनेर सिलिगुडी लगिएको हो।‘

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?