Monday, January 13, 2025

ट्रेन्डिङ :

तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन

spot_img
spot_img
spot_img

काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए ।

मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गरेका थिए । उमेर हदका कारण उनले वि.सं. ०५२ सालमा प्रमुख सचिव पदबाट अवकास पाएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा खनालको अन्त्येष्टि गरिनेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?