एजेन्सी : कात्तिक १३, गत जूनमा लद्धाखको गलवान घाटीमा भारतीय र चिनियाँ सेनाको बीचमा भएको हिंसक झडपको घटनापछि भारत र चीनको बीचमा तनाव बढीरहेकोे बेला अमेरिका र भारतको बीचमा भएको सम्झौताले भारतलाई अमेरिकी नियन्त्रणमा पुर्याएको छ । गत जून महिनामा लद्दाखको गलवान घाटीमा चिनियाँ सेनाको आक्रमणमा परी २० सैनिक मारिएपछी आत्तिएको भारत बेका (बेसिक एक्सचेञ्ज एण्ड कोअपरेसन एग्रीमेन्ट) सम्झौता गर्न पुगेको भारत बेका सम्झौतापछी अघोषित रूपमा अमेरिका रक्षा छाता भित्र पुगेको रक्षा विशेषज्ञहरु बताउँछन् । भारत र अमेरिकाको बीचमा भएको बेका सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ ।
सो सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइए पनि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न तथा विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतको रक्षा प्रणाली अमेरिकाको कब्जामा पुगेको र यो सम्झौताले भारतको सैन्य महत्वाकांक्षालाई डीमोरोलाईज गरेको छ । भारतले आफ्ना जल, थल र वायु तीनै सेनाको डिजिटल सैन्य क्षमता अमेरिकासँग बन्धकी राखेको भारतीय सेनाका पुर्वअधिकारी तथा रक्षा सम्बन्धि जानकार प्रवीण साहनीले बताएका छन् ।
त्यस्तै ब्रुकिङ्स इन्स्टिच्युटकी अध्येता तान्वी मदनले बेकामा हस्ताक्षरको पूर्वसन्ध्यामा ट्विट गर्दै ‘सम्भवतः दोक्लम र लद्दाख संकटबिना भारतले कमकासा र बेकालाई स्वीकार गर्ने थिएन। भन्दै टिप्पणी गरेकी थिइन् । अमेरिकासँगको रणनीतिक सम्बन्धको शान देखाएर चीनलाई होच्याउन भारतले आफ्नै नाक काटेको छ।
अमेरिकाले आफ्ना अनेकौँ सेन्सरबाट संकलन गरेका डेटा विशाल मात्रामा कमकासाको विशेष उपकरणमार्फत भारतीय कमान्ड सेन्टरमा आउनेछन्। गुणस्तरीय रियल–टाइम डेटासेट भनेको डिजिटल युद्धका लागि नयाँ हतियार नै हो। यी डेटासेटको उपयोग तत्कालै अमेरिकाबाट किन्ने तयारी गरिएको सशस्त्र ड्रोन र अन्य हतियारमार्फत गर्न सकिनेछ।
बाहिरी रुपमा हेर्दा यो सम्झौता निकै महत्वपूर्ण देखिन्छ। तर, गहिरोगरी हेर्ने हो भने भारतको साइबर मोर्चामा अमेरिकाले चाह्यो भने अनेकथरीका मनपरी गतिविधि गर्ने ठाउँ पाएको छ। खराब साइबर गतिविधि साइबरस्पेसको माध्यमबाट मात्र होइन, सिस्टममार्फत पनि हुने गर्छ। जसमा कम्प्युटर सफ्टवेयर, प्रोसेसर, राउटर, वायर्ड र वायरलेस ट्रान्समिसन, कन्ट्रोलरजस्ता सबै उपकरण पर्छन्।
अमेरिकाको कमकासा उपकरणमा साइबर लजिक बम राखिएको हुनसक्छ। लजिक बम भनेको नानो मालवेयर कोड हो, जुन निश्चित सर्तहरु पुरा भएपछि महिनौँ वा वर्षौँपछि पनि आफैँ क्रियाशील हुन थाल्छ। त्यसपछि तिनले डेटासेट फाइल डिलिट गर्न वा तिनको कामलाई बिगार्न सक्छन्। जसले गर्दा प्रक्षेपण गरिएको क्षेप्यास्त्र निसानामा नखस्नेजस्ता समस्या निम्त्याउन सक्ने रक्षा विद साहनीले द वायर्समा उल्लेख गरेका छन् ।
बेका सम्झौता गर्न टु प्लस टु को अर्थात दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए । विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको भएपनी सम्झौता पछी विश्व शक्ति रास्ट्र बन्ने महत्वाकांक्षा बोकेको भारत अमेरिकी सैन्य छायामा फसेको विश्लेषण हुन थालिएको छ ।