Sunday, September 8, 2024

ट्रेन्डिङ :

चेन्नईसँग कोलकाता पराजित

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ। दुबईमा भएको खेलमा कोलकताविरुद्ध चेन्नईले ६ विकेटको जित हासिल गरेको हो। चेन्नईले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा छक्का हिर्काउँदै पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए। रविन्द्र जडेजा ३१ तथा साम करण १३ रनमा अविजित रहे। अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाएका हुन्। यस्तै अम्बाती रायडुले ३८ तथा सेन वाट्सनले १४ रन बनाए। कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २–२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?