Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

मुस्ताङमा अत्यावश्यक बाहेक प्रवेश निषेध

spot_img
spot_img

अमृतप्रसाद पौडेल

बेनी- हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्य बाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार र उनको क्लोज कन्ट्रयाक ट्रेसीङ गरेर स्वाव संकलन गरि पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ । आवश्यकता अनुसार क्वारेन्टीन अनिवार्य गर्ने समेत निर्णय भएको छ ।

मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजात नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकोले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धारमात्रै असभ्भव प्राय भएकोले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।- गोरखापत्रबाट

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?