Sunday, September 8, 2024

ट्रेन्डिङ :

हुम्लाका २८ विद्यालय बुधबारदेखि सञ्चालनमा आउदै

सिमकोट- सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले यही कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।

कार्यपालिका पदाधिकारी र गाउँपालिकामा कार्यरत शिक्षकको उपस्थितमा बसेको बैठकले विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो । गत चैतदेखि कोरोना कहरले सो गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत २८ विद्यालय बन्द रहेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?