–परशुराम घिमिरे निदान
देशमा
राजनीतिले
कुटनैतिका सिद्धान्त
मूल्यमान्यता खरानी पार्न सक्ला
कहिल्यै कल्पना गरीन
तर
के हुँदो रहेनछ र ?
स्वार्थी र अवसरवाद हावी भए पछी।
देश भनेपछि हुरुक्क हुने नेता थिए
बैरी संग न झुक्ने शाशक थिए
साँध सिमाका पिल्लर
नक्सा र स्वाभिमान
बिक्री हुन्नथ्यो कौडीमा
पारीवारीक स्वार्थ पूर्तीका लागि
गलत सन्धि गरिन्नथ्यो
र पो !
शिर उच्च थियोे ।
किन हामी देश मिचींदा
सिमा स्तम्भ हराउँदा
खुलेर बोल्न सक्दैनौं ?
अाफ्नो हक र विरासतका लागि
किन दह्रो खुट्टा टेक्न सक्दैनौं ?
के हामी साच्चिकै स्वाधिन छैनौं ?
अाजको कानुन सिमा विषयमा
हक र स्वाभिमानका पक्षमा
वकालत गर्न सक्षम छैन ?
धर्म र संस्कृति मिल्दोजुल्दो
हुदैमा सिमा मिच्ने हक कल्ले दियो ?
के हामीले राष्ट्र संघमा हकका निम्ति
र स्वाधीनता का निम्ति
अावाज पुर्याउन सक्दैनौं ?
अाज के हामीले अाफ्नो पहिचान गुमाई सक्यौं
विश्व सामु हाम्रो मूल्य रहेन अब ?
गणतन्त्र ल्याएर के गर्यौं ?
अनुमति बीना विदेशी
सिंहदरबार पस्छ
वालुवाटारमा घुँडा धस्छ र
नक्सा फेर्न लाउँछ।
हामी गुलाम झैं
नतमस्तक बनेर स्विकार्छौं
अनि रातारात
नयाँ नक्सा पुस्तक वितरणमा
पूरा कर्फ्यु लाग्छ ।
हरे गणतन्त्र !
तिम्रो बिचल्ली देख्नु पर्यो
विचरा ! कानुन
दिल्ली तिरै रुन पुगेछ
अाखिर यही दिन देखाउन रैछ त
किन मार्यौ हजारौं जनता ,
फेर्यौ किन पद्धति ?
धन्यवाद !
२०७७/०७/१७
लालबन्दी , सर्लाही ।