गोरखा – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनी र उनकी श्रीमती सँगै गोरखामा ३२ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।
आफू गत बिहीबारदेखि नै होम आइसोलेसन बसेको सिडिओ भट्टराईले बताए। उनले आफूहरूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन्।