Sunday, September 8, 2024

ट्रेन्डिङ :

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ जना मजदूरको मृत्यु

नवलपरासी : कात्तिक २०, कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिरो खसेको छ । पहिरोमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको छ । नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिरो गएको र त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको जनाइएको छ । मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सबै बुलिङ्टार– ४ का रहेका छन् । जसमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएको र उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेको प्रहरीको भनाइ छ । हाल घाइते दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?