Sunday, September 8, 2024

ट्रेन्डिङ :

अमेरिकाले आन्तरिक मामिलामा दख्खल पुर्याए एमसीसीको सशक्त प्रतिरोध गर्ने चिनियाँ प्रोफेसरको चेतावनी

काठमाडौं कात्तिक २०, चीनको हबेई युनिभर्सिटीस्थित नेपाल अध्ययन केन्द्रका निर्देशक प्रोफसर चाङ सुविनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताएका छन् ।

एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसनले आयोजना गरेको नेपाल–भारत–चीन सहकार्य सम्बन्धी एक वेबिनारमा बोल्दै उनले नेपाल सरकार र नेपाली जनताले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बुद्धिमतापूर्वक निर्णय लिने अपेक्षा आफूहरुले गरेको बताए ।

उनले भने, ‘यदी अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुको एमसीसीले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ । उनले नेपालले कुनै सम्भावित हानी नगर्ने सबै मुलुकको आर्थिक सहयोगबाट फाइदा लिने विश्वास समेत व्यक्त गरे । उनले अगाडि भने, ‘तपाईंहरुलाई लाग्छ, एमसीसी तपाईहरुका लागि राम्रो छ, यसलाई स्वीकार गर्नुस्, राम्रो छैन भन्ने लाग्छ भने कुनै हिच्किचाहटविना अस्वीकार गर्नुस् । मलाई लाग्छ, यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ ।’

कार्यक्रममा बोल्दै अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव दिएका छन् । उनले भने, ‘भारत र चीनका वीचमा नेपाल रहेको छ । विश्वमा हेर्ने हो भने साना मुलुकहले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन् । उदाहरणका लागि बेल्जियम र सिंगापुरलाई हेर्न सकिन्छ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?