Monday, November 4, 2024

ट्रेन्डिङ :

ओली समुहको पार्टी विभाजनको तीब्र तयारी, काठमाडौंमा पूर्वएमालेको भेलामा पोखरेलको सम्बोधन

spot_img
spot_img

काठमाडौं : कात्तिक २३, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । ‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको कृष्ण राईले बताए पनि पार्टीको सचिवालय, स्थायी समति र केन्द्रीय समितिबो बैठक नराख्ने ओलीको अडान र काठमाडौं जिल्ला पार्टीको भेलाले पार्टी विभाजनको औपचारिक शुरुवात भएको ठानिएको छ ।

शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने । पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए ।

मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि पार्टीभित्र असन्तुष्टि देखिदै आएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ । ओलीले केन्द्रीय समिति, स्थायी समिति र सचिवालयको निर्ण नमान्ने बरु पार्टी विभाजन गर्न तयार रहेको अभिव्यक्ति दिईसकेको छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?