Tuesday, November 5, 2024

ट्रेन्डिङ :

ओलीले बैठक नबोलाएपछि ५ जना सचिवालय सदस्यहरुको बैठक धुम्बाराहीमा बस्दै

spot_img
spot_img

काठमाडौं : कात्तिक २५, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरूले आज भेला हुने तयारी गरेका छन्। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका हुन् । यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए। तर ओलीले बैठक राख्न अटेरी गरेपछि शीर्ष ५ नेताहरु आज पार्टी कार्यालयमा बैठक बस्न लागेका हुन् ।

ओलीका कारण पार्टी विभाजनको संघारमा पुगेको बेला पार्टीका बहुमत सचिवालय सदस्यहरूको आज बस्ने बैठकले ओली समुहलाई झन् चिड्याउने ठानिएको छ । लामो समयदेखि आन्तरिक विवादले थलिएको सत्तारुढ नेकपाका कारण अहिलेको व्यवस्था नै धरापमा परेको विश्लेषण हुन थालेको छ । प्रचण्डसहित ५ सचिवालय सदस्यहरू भने बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा छन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?