Sunday, December 29, 2024
spot_img

ट्रेन्डिङ :

नेपाल बंलादेशसँग पराजित

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक २८, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंलादेशसँग पराजित भएको छ। शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २-० गोलले पराजित भएको हो । नेपालले दुवै हाफमा १-१ गोल खाएको थियो। खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए।

नेपालका लागि पहिलो हाफमा रवी पासवान र अन्जन विष्टले गोल गर्ने अवसर खेर फालेका थिए। खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यू गरेका छन्। दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ । नेपाली राष्ट्रिय टिम झण्डै एक वर्षपछि मैदान उत्रिएको हो। नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदैछ। फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?