Monday, November 4, 2024

ट्रेन्डिङ :

आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार

spot_img
spot_img

जनकपुरधाम : कात्तिक २९, धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।

साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरीले जनाकारी दिएको छ । आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पत्नी र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर-४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सिग्देलले बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?