काठमाडौं : मंसिर ५, दाङको तुलसीपुर मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे ३ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय र नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पुर्जा बनाइदिने भन्दै उक्त रकम घुस लिएका थिए । उनीहरूलाइ अख्तियारर्ले आज पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।