Wednesday, January 15, 2025

ट्रेन्डिङ :

अब लोकसेवा आयोगको परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीहरुले अनिवार्य स्वीकृति लिनुपर्ने

spot_img
spot_img
spot_img

काठमाडौं- राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने छन् । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ ।

यसअघि पनि निजी इन्ष्टिच्युटहरुमा ट्युसन पढाउन मन्त्रालयको अनुमति लिनुपर्ने नियम बनाइएको थियो । तर त्यो कार्यान्वयन भएको थिएन । यो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुने मन्त्रालयले जनाएको छ ।

यसअघि त्यस्ता संस्थाहरुमा पढाउने अनुमति पाएकाहरुको अनुमति पत्र आइतबारदेखि नै रद्द गरिएको मन्त्रालयले जनाएको छ। ट्युसन पढाउनका लागि कर्मचारीहरुलाई बिदा नदिने र काजमा खटिएको कर्मचारीहरुको निगरानी गर्ने निर्णय पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।

यदि कसैले मन्त्रिपरिषदको वा मन्त्रालयको स्वीकृति बिना निजी संस्थाहरुमा पढाउने गरेको पाइएमा वा त्यससम्बन्धी अडियो भिडियो पाइएमा मन्त्रालयको टोल फ्रि नम्बर १६१८०१ ४२००३०९ मा वा सूचना शाखाको फोन ४२००२९८ नम्बरमा जानकारी दिन पनि मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?