Wednesday, January 15, 2025

ट्रेन्डिङ :

ट्रम्पले हार स्वीकार गरे, बाईडेनलाई सत्ता हस्तान्तरणको तयारी

spot_img
spot_img
spot_img

एजेन्सी : मंसिर ९, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः निर्वाचित राष्ट्रपति जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि तयार भएका छन् । चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा रहेका ट्रम्प आफ्ना सबै प्रयास असफल हुन थालेपछि बाइडन प्रशासनलाई सत्ता हस्तान्तरणको प्रक्रिया थाल्न तयार भएका छन् । औपचारिक रुपमा बाइडनलाई शक्ति हस्तान्तरणको संक्रमणकालीन प्रक्रिया थाल्न ट्रम्प तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

मुख्य संघीय निकायहरुलाई ‘जे गर्न आवश्यक पर्ने हो त्यो गर्नु’ भनेर आदेश दिइसकेको ट्रम्पले उल्लेख गरेका छन । यो भनाइसँगै पहिलो पटक ट्रम्पले हार स्वीकार गरेका हुन् । जनरल सर्भिस एडमिनिष्ट्रेसनले पनि बाइडनलाई देखिने जीत हासिल भएको जानकारी गराएको जनाएको छ । मिसिगनमा बाइडनले जितेको औपचारिक रुपमा प्रमाणित गरेपछि ट्रम्पका मुद्दा मामिलाको अर्थ पनि सकिँदै गएको हो ।

असली संघर्ष जारी राख्ने भन्दै ट्रम्पले भनेका छन्, ‘फेरि पनि, हाम्रो देशको सर्वोत्तम हितका लागि, एमिली र उनको टीम प्रारम्भिक प्रोटोकलका सम्बन्धमा के गर्न जरुरी हो, त्यसका लागि मलाई बताउन्, त्यही गर्नका लागि म मेरो टीमलाई सिफारिश गर्दछु ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?