काठमाडौं: मंसिर ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं बैठकले रुपान्तरण तथा महाध्रुवीकरण पहल” गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने पनि निर्णय गरिएको जनाएको छ । पार्टीद्धारा जारी विज्ञप्तीमा भनिएको छ– ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने समेत बताए । उनले एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भैरहेको समेत जानकारी दिए । उनले भने, ‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’ त्यस लगत्तै विप्लप नेकपा र नेकपा (माओवादी केन्द्र)को एकता हुने दुई पक्षबीच छलफलका साथ तयारी भईरहेको किरातीले बताए ।