Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

बिराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको संक्रमण भएको छ। विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमुना परिक्षण गराएका ७२ वर्षीय प्रमुख अधिकारीको बेलुका रिपोर्ट पोजिटिभ आएको हो।

प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एकजना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ। संक्रमण देखिएसँगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्। प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर बिहीबार विराटनगर फर्किएका थिए। पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?