Sunday, September 8, 2024

ट्रेन्डिङ :

विद्यमान व्यवस्था विरुद्ध राजावादीहरुको काठमाडौंमा नारावाजी

काठमाडौं : मंसिर १५, देशको बिभिन्न भागमा भएको प्रदर्शनबाट उत्साहित भएका राजसंस्था पक्षधरहरुले आज काठमाडौंको पनि शक्ति प्रदर्शन गरेका छन् ।

राजा आउँ देश बचाउदेखि २०४६ सालको संविधान पुर्नस्थापित गर भन्ने नारा लगाउँदै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् ।

हात हातमा राष्ट्रिय झण्डा बोकेर काठमाडौं , ललितपुर र भक्तपुरको बिभिन्न भागबाट माइतीघरमा भेला भएकाहरु नाराबाजी गर्दै नयाँ वानेश्वर पुगेका छन् ।

र्यालीमा कतिपय स्वतस्फुर्तरुपमा भेला भएका छन् भने र्यालीमा राजसंस्था र २०४६ सालको संविधानको पुर्नस्थपाना माग गरिरहेका छन् । र्यालीमा गणतन्त्र विरोधी नारा गुञ्जाइएको छ भने वर्तमान शासन प्रणाली असफल भएको दावी समेत गरिएको छ । र्यालीमा हिन्दू राज्य पुर्नस्थापनाको माग पनि चर्कोरुपमा उठाइएको छ ।

राजसंस्था पक्षधरहरुले यस अघि विराटनगर , कैलाली , नेपालगञ्ज र हेटौडामा प्रदर्शन गरिसकेका छन् । हिजो मात्र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राजसंस्था पक्षधरको जुलुस र गतिविधिमा सहभागी नहुन आम देशवासीलाई अपील गर्नु भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?