Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं : मंसिर १६, नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । 

याे अवधिमा १९ सय ३१ जना संक्रमित निकाे भएका छन् । याे स‍ंख्यासहित निकाे हुनेकाे संख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेकाे छ । अहिले संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?