Sunday, September 8, 2024

ट्रेन्डिङ :

मोरङमा अज्ञात समूहबाट प्रधानाध्यापकको हत्या

मोरङ- मोरङको मिक्लाजुङ–१ वर्खे आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको छ । मङ्गलबार बिहान ५ जना अज्ञात ब्यक्तिहरूले घरबाट १ किलोमिटर तल लगेर गोली हानी हत्या गरेको मिक्लाजुङ–३ का वडाध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो । मादेनले भन्नुभयो – बिहान ७ बजे घरमा पुगेका ५ जना ब्यक्तिले श्रेष्ठलाई विद्यालय नजिकै लगेर मारेको बुझिएको छ । साविकको रमितेखोला गाविस हाल मिक्लाजुङ गाउँपालिकाको वडा नं १ भएको छ । सो वडा जिल्लाकै दुर्गम गाउँमा पर्छ । अत्यन्तै विकट भएकोले सो क्षेत्रमा बिहान ११ बजेसम्म पनि प्रहरी पुग्न सकेको छैन् । वडा नं.१ का वडाध्यक्ष नरबहादुर राईले भन्नुभयो – मोरङको प्रहरी वडा नं.१ को आइतबारे हुँदै जाने हो, हामी प्रहरी कुरेर बसिरहेका छौं । उहाँले एक्लै जान सकिने अवस्था नरहेकोले प्रहरीसँगै आफू पनि जाने बताउनुभयो ।

इलामतर्फको प्रहरीलाई नजिक पर्ने भए पनि त्यसतर्फबाट प्रहरी पुगेको नपुगेको आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । आइतबारेबाट घटनास्थल अढाइ घण्टाको पैदल दूरीमा पर्छ ।

स्थानीयले भने श्रेष्ठको हत्या विप्लव माओवादीबाट भएको हुनसक्ने बताएका छन् । श्रेष्ठ सो क्षेत्रका अलैची ब्यावसायीसमेत हुनुहुन्थ्यो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?