Sunday, September 8, 2024

ट्रेन्डिङ :

पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडनको दाबी

एजेन्सी : मंसिर २४, अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड(१९ को बाटो भने मोड्ने बताए। २० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए । मङ्गलवार नै अमेरिकी नियामकले फाइजर बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ । खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो। यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।

अमेरिकी प्रक्रियाले यूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेको भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए। एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिसत प्रभावकारी रहेको जनाएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?