Sunday, April 27, 2025

ट्रेन्डिङ :

उखु किसानको आन्दोलनमा विवेकशील साझा पार्टीको समर्थन

spot_img
spot_img

नेपालगञ्ज : मंसिर २८, चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम माग गर्दै आन्दोलनका लागि काठमाडौँ आएका उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको छ । उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछ ।’

गएको वर्षको पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीबाट किसानलाई रकम भुक्तानी दिलाइदिने वचनसहित सहमति गरेको थियो । तर उक्त सहमति कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान आन्दोलनका लागि काठमाडौं आएका छन् । उनीहरुले आइतबार माइतीघरमा प्रदर्शन गर्दैछन् । विवेकशील साझाले विज्ञप्तिमा भनेको छ, ‘काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पंक्तिमा पनि अनुरोध गर्दछौँ ।’

विवेकशील साझा पार्टीले समस्या समाधानका लागि जिम्मेवार बन्न सरकारलाई अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ । यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि संघर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?