Wednesday, January 15, 2025

ट्रेन्डिङ :

मन्थर भयो सत्तारूढ नेकपाको किचलो, ओली र प्रचण्ड दुबै एक स्टेप ब्याक

spot_img
spot_img
spot_img

काठमाडौं , १ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी रहेको छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पनि सहभागी भएका छन् । बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

अध्यक्षद्वयको छलफलमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहमत बनेको वालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै अध्यक्ष प्रचण्डले यसअघि पार्टी कमिटीहरुमा पेश गरेको राजनीतिक प्रस्ताव पनि फिर्ता लिने सहमति जुटेको बताइएको छ ।

यस्तै संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति बनेको नेताहरुले बताएका छन् । योसँगै सत्तारूढ नेकपामा देखिएको विवाद पनि समाधान तर्फ अघि बढ्न सक्ने अनुमान गरिएको छ । तर, अध्यक्षद्वय भएका सहमतिका विषयहरुमा स्थायी कमिटी निर्णय लिन बाँकी रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?