Sunday, September 8, 2024

ट्रेन्डिङ :

बहुमत सांसदको हस्ताक्षरसहित देउवा, दाहाल र नेपाल सर्वोच्च जाने

काठमाडौं : पौष ६, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन विरुद्ध प्रतिनिधिसभामा बहुमत सांसदहरुको हस्ताक्षरसहित मंगलबार नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालत जाने भएका छन्।

अधिवक्ता गोविन्द बन्दीले बहुसंख्यक सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु मंगलबार सर्वोच्च अदालत जाने जानकारी दिए।

नेकपाको असन्तुष्ट पक्ष, नेपाली कांग्रेस र जसपाको सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको र नेपाली कांग्रेसको नेतृत्वमा सानेपमा बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

प्रतिनिधिसभामा २७५ जना सांसद हुन्छन्। तीमध्ये १३८ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा संसद विघटनको निर्णय रोक्न माग गर्दै मंगलबार बिहान निवेदन लिएर जाने तयारी भएको अधिवक्ता बन्दीले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?