Sunday, September 8, 2024

ट्रेन्डिङ :

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सीसीएमसीको निर्णय

काठमाडौं, ७ पुष । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीको बैठकले बेलायतमा कोरोनाको नयाँ स्वरुपको संक्रमण देखिएको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

त्यस्तै उक्त देशबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय भएको छ । यस्तै बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल आएपछि १० दिनसम्म होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?