Sunday, September 8, 2024

ट्रेन्डिङ :

अनेरास्ववियुलाई मण्डलेकरण गरेको आरोपमा ऐन महरलाई कारबाही

पुस १०, काठमाडौं । सरकारी नेकपा विभाजनसँगै प्रचण्ड नेपाल समुहका भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओली पक्षमा लागेका संयोजक ऐनसिंह महरलाई कारवाहीको सिफारिस गरेका छन् । महर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले उनलाई कारवहीको सिफारिस गरिएको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन किर्तन गर्ने काममा मात्र तल्लिन भएको, संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राखेको, समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भएकाले महरलाई कारबाही गरेको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारी नेकपाले ओलीलाई पनि पार्टीबाट साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?