Sunday, September 8, 2024

ट्रेन्डिङ :

रुसले नेपाललाई छैटौँ प्रथामिकतामा राखेर कोरोनाको खोप दिने

काठमाडौं : पुस १३, रुसले नेपाललाई कोरोना भाइरसबिरुद्धको खोप उपलब्ध गराउने भएको छ । सोमबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियन राजदूत अलेक्सइ ए नोविकोवबीच शिष्टाचार भेटमा नेपाललाई खोप उपलब्ध गराउने रुसले प्रतिबद्धता जनाएको हो ।

भेटमा नेपाललाई रसियाले नेपाल रसियाले कोरोना बिरुद्धको खोप दिने मुुलुकको अग्र प्रथामिकतामा रहेको राजदूत लेक्सइ ए नोविकोवले बताएका थिए । भेटमा नवनियुक्त मन्त्री त्रिपाठीलाई बधाई तथा कार्य सफलताको शुभकामना पनि दिएका थिए।

त्यस्तै राजदूत लेक्सइ ए नोविकोवले रसियन भ्याक्सीन विश्वका १०८ मुलुकले मागिरहेको जानकारी दिए । जसमा नेपाललाई छैटौँ मुलुकको प्रथामिकतामा राखिएको र चाँडै नेपाललाई खोप उपलब्ध गराउनका लागि रसिया प्रतिबद्ध रहेकाे राजदूत लेक्सइ ए नोविकोवले जानकारी दिएका थिए ।

त्यस्तैगरी मन्त्री त्रिपाठी र राजदूत लेक्सइ ए नोविकोवबीच पछिल्ला बिकसित राजनीतिक घटनाक्रमका बिषयमा पनि कुराकानी भएको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?