Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शनले काठमाडौंमा सर्वसाधारणलाई सास्ती

spot_img
spot_img

काठमाडौं : पुस १४, संसद विघटनको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज गरेको विरोध प्रदर्शनका कारण आज काठमाडौंको सवारी अस्तव्यस्त बनेको छ । काठमाडौं उपत्यकाको विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनका लागि तिनकुने हुँदै रत्नपार्क जाने सडक पूर्णरूपमा बन्द हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । कोटेश्वरबाट रत्नपार्क जानका लागी गाडी चढेका धेरै यात्रुहरूलाइ हिडेर रत्नपार्क जानु पर्ने बाध्यता भएको यात्रुहरूले गुनासो गरेका छन् । गाडी नपाएपछि कोटेश्वरबाट हिडेर भद्रकाली पुगेकी सोनु ऐरले आफुले कोटेश्वरबाट गाडी नपरेको गुनासो गरिन् । नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न सडक अबरुद्ध गरेर जनतालाई सास्ती दिनु गलत भएको बताइन् ।

त्यस्तै सरकारी नेकपाले विरोध सभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरेपछी रत्नपार्क जाने सवारीहरुले पनि निक्कै सास्ती भोगेको गुनासो गरेका छन् । वान वेइ रहेको पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्डमा गएको थिए तर बाटो ब्लक गरिएको रहेछ । त्यसपछि बाध्य भएर त्रिचन्द्र क्याम्पसको रुट हुँदै आए तर यहाँ पनि जुलुस रहेछ । करिब आधा घण्टासम्म कुर्नु पर्यो, काममा जान बिलम्ब भयो । नेताहरूले यसरी जनतालाई दुख दिनु गलत हो । राजनीतिक पार्टीहरुले यस्तो तरिका बदल्नु पर्छ सुजन लामाले गुनासो गरे । त्यस्तै कीर्तिपुरबाट रत्नपार्क आउने गाडी नपाएको रत्नपार्कमा कीर्तिपुरको गाडीको लागि कुरेका जनक भण्डारीले बताए । त्यस्तै प्रचण्ड-नेपाल समूहको प्रदर्शनले उपत्यकाको विभिन्न ठाउँमा सवारी साधन चलाउन रोक लगाएको केही स्थानमा गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

संसद विघटनको विरोधमा हिजोआज दिनहुँजसो विरोध प्रदर्शन हुँदै आएको छ । विरोध कार्यक्रमका कारण राजधानीका सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । मुख्य सडकबाट सवारीसाधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमासमेत चाप बढेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?