Sunday, September 8, 2024

ट्रेन्डिङ :

थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३५ जनामा गरिएको परीक्षणमा ४३८ पुरुष र २७० जना महिला गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोराना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । सक्रिय संक्रमितको संख्या ६३९६ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३२४, ललितपुरमा ५२ र भक्तपुरमा २२ जना संक्रमित भेटिएका छन् । त्यस्तै बाँकेमा ३८, रुपन्देहीमा ३७, कैलालीमा २६, मोरङमा २१, कास्कीमा १९, दाङ र कञ्चनपुरमा १६/१६, चितवन र सुनसरीमा १४/१४, बर्दियामा ११ र पाल्पामा १० जना संक्रमित भेटिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?