काठमाडौं : पुस १५, सत्तारूढ नेकपा विभाजन भएपछि अचानक चिनियाँ टोलि नेपाल आएको केही दिनपछि भारतीय उच्च सुरक्षा टोली पनि छापामार शैलीमा काठमाडौ उत्रिएको छ । सुरक्षा निकाय उच्च स्रोतका अनुसार भारती सुरक्षा टोली नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिई काठमाडौ आएको हो ।
भारतीय उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको स्रोतले जनाएको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी अझै गराइएको छैन् । उक्त टोलिले ओलिलाई सहयोग गर्ने बुझिएको छ। नेपालमा राजनीतिक अस्थिरता बढेपछी छिमेकी देशहरुको चासो बढेको छ ।