Sunday, September 8, 2024

ट्रेन्डिङ :

दोहोरो अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार

१६ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ । नेप्से परिसूच्कसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यस अघि बुधबारको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार भने साढे ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । नेप्सेमा कारोबार हुने निर्जिबन बिमा समूहबाहेक सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?