Wednesday, January 15, 2025

ट्रेन्डिङ :

नेपाल प्रहरीका ३० जना एसपीको सरुवा

spot_img
spot_img
spot_img

२२ पुस, काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

सरुवा सूची अनुसार प्रधानमन्त्रीको गृह जिल्ला झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापामा हाल रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं आएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मेवारी एसपी उमाप्रसाद चतुर्वेदीले पाएका छन् । उनी कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणमा समेत खटिएका अनुसन्धान अधिकृत हुन् ।

बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर गएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?