Thursday, April 24, 2025

ट्रेन्डिङ :

तीस लाख हिनामिना गरेको भन्दै ओली समूहद्वारा रावललाई कारबाहीको सिफारिस

spot_img
spot_img

काठमाडौं : पुस २३, नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।’ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

बैठकले यही पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा ल्याएर धनगढीमा विशाल कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?