Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

लिपुलेक, कालापानी मिचेको भारतले दार्चुलामै महाकाली मिचेर बाँध बनाउदैँ

spot_img
spot_img
spot_img

काठमाडौं : पौष २३, भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ । अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो । २०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो । पुस १ गतेदेखि एकतर्फी रुपमा महाकली नदीमा बाँध निर्माणका काम थालेको भारतले नेपालले पठाएको पत्रको समेत वेवास्ता गरेको छ । दुई देशको सीमामा केही काम गर्नुपरे दुवै देशको समन्वयमा काम गर्नुपर्ने अनराष्ट्रिय नियम छ । तर, भारतले त्यसलाई उल्लंघन गर्दै मनलाग्दी तरिकाले नेपाली भूभागमा बाँध निर्माण गरिरहेको छ ।

महाकाली नदीको बाँध निर्माण गर्ने क्रमा उसले ठूला यन्त्र उपकरण प्रयोग गरेको छ । ढुुङ्गामाटो नदीमा फाल्दा भारततर्फको भाग अग्लो भइ नदीको बहाव नेपालतर्फ फर्किएको छ । समन्वयविना बाँध निर्माण थालेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई पत्र लेख्दै समन्वयविना भएको बाँध निर्माण तत्काल रोक्न आग्रह गरेपनि अहिलेसम्म निर्माण काम रोकिएको छैन । कामको गति केही कम गरे पनि अहिलेसम्म बाँध निर्माण भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नना भट्ट जोशीले जानकारी दिए । २०७० मा आएको बाढीपछि नेपाली पक्षले बाँध निर्माण गर्न लाग्दा भारतीय पक्षले काममा अवरोध गरेको थियो । त्यसपछि नेपालले सुरु गरिसकेको काम पनि रोकेको थियो । अहिले भने भारतीय पक्षले नेपालले पठाएको पत्रलाई वेवास्ता गर्दै काम अघि बढाइरहेको छ । यसले भारतले नेपालप्रति कतिसम्म हेपाहा प्रवृत्ति राखेको छ भन्ने प्रमाणित गरेको छ । भारतले यसअघि दार्चुलाकै कालापानी र लिपुलेक पनि मिचेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?