Sunday, September 8, 2024

ट्रेन्डिङ :

थप २४० जनामा कोरोना पुष्टि, ६ को मृत्यु

काठमाडौं : ३ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई सय ४० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।

त्यस्तै थप ४ सय ७७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म बीस लाख ८ हजार नौ सय ४४ वटा पीसीआर परीक्षण गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?