Sunday, September 8, 2024

ट्रेन्डिङ :

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं : माघ ५, सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले बताए ।

टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?