काठमाडौं : माघ ९, कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, बरिष्ठ लेखा अधिकृत, बरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायकसहित कूल ३२६ जना कर्मचारी माग गर्दै बैंकले दरखास्त आह्वान हो । शुक्रबार गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। माघ ९ गते (आज) देखि २९ गतेसम्म दरखास्त दिन सकिनेछ ।