Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रचण्ड/नेपाल समूहद्वारा अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं : माघ १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम अहिले घोषणा गरेका छन् । सार्वजनिक गरिएको कार्यक्रम अनुसार यहीँ माघ १३ गतेदेखि २८ गतेसम्म चरणबद्ध विरोध, धर्ना, प्रदर्शन तथा भेलाहरू रहेका छन् । १३ गते मंगलबार काठमाडौंमा सिट्टी जुलुसबाट सुरू भएका तेस्रो चरणका कार्यक्रमहरू २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन तथा भेला गरेर टुंग्याइने बताइएको छ ।

यसैगरी १४ गतेदेखि २१ गतेसम्म एक हप्ता निरन्तर माइतीघर मण्डलामा धर्ना दिइने जनाइएको छ । धर्नामा नेकपा प्रचण्ड(माधव समूहका विगतमा संविधान निर्माणका क्रममा संविधानसभा सदस्य रहेकाहरू, विघटित प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभा सदस्य तथा प्रदेशसभा सदस्यहरू सहभागी हुने जानकारी पत्रकार सम्मलेनमा दिइयो । काठमाडौँमा २२ गते युवाहरूको मार्च तथा (याली र २६ गते मशाल जुलुस समेत प्रदर्शन गरिने छ ।

यसका साथै काठमाडौँ बाहिर विभिन्न शहरमा पनि विरोध प्रदर्शन जारी राख्ने बताइएको छ । अजसअनुसार १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ । सभामा शीर्ष तहका नेतताहरूले सम्बोधन गर्नेछन् । २८ गते काठमाडौंमा हुने बृहत् प्रदर्शनमा लाखौँ मानिस सहभागी हुने जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?